नेपाल–भारत जमुनाह नाका बन्द गरिँदै

नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ ।
आपातकालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए ।
ताजा अपडेट
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया