एक सातामा सुनको मुल्य ३४०० बढ्यो
काठमाडाैं । एक सातामा सुनको मूल्य तीन हजार चार सय रूपैयाँ बढेको छ । सुनको मूल्य आइतबार एक सय रूपैयाँ, मंगलबार ८ सय रूपैयाँ र बिहीबार २ हजार पाँच सय रूपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
यो साता सुनको मूल्य एक हजार ९ सय रूपैयाँ घटेको छ । महासंघका अनुसार यो साता सुनको मूल्य सोमबार तोलामा चार सय रूपैयाँ, बुधबार पाँच सय रूपैयाँ र आज एक हजार रूपैयाँ घटेको हो ।
त्यस्तै बिहीबार तोलामा ९८ हजार पाँच सय रूपैयाँ तोकिएको तेजावी सुन आजको लागि ९७ हजार पाँच सय रूपैयाँ कायम गरिएको छ ।
बिहीबार चाँदी तोलामा ३५ रूपैयाँ बढेर एक हजार ३५५ रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँ घटेर एक हजार ३३५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया