शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार अर्थात् १:o३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।
कम्पनीले हकप्रद निष्काशनका लागि कम्पनीले माघ २१ गते बुक क्लोज गरिसकेको छ । माघ २० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त शेयरमा चैत २१ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ। हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया