ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो ।
‘पर्यटकीय क्षेत्र धारापानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा क्यामेरा जडान गरेका छौँ,’ वडाध्यक्ष रमेशबहादुर ऐरले भने, ‘आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउनका लागि क्यामेरा जडान गरिएको छ ।’
वडा कार्यालयले एक लाख ५० हजार खर्च गरी सडक, चोकचोक र संवेदनशील क्षेत्रमा आठभन्दा बढी क्यामेरा जडान गरेको हो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया