युक्रेनमाथि रुसी आक्रमणको विरोधमा बार्सिलोना र नापोलीका खेलाडीको प्रदर्शन, भने, ‘युद्ध रोकौं’
काठमाडौं । युरोपा लिग खेलिरहेका खेलाडीहरूले युक्रेनमाथि भएको आक्रमणको विरोध गरेका छन् । जसमा युरोपेली क्लब र समर्थकहरूको पनि साथ रहेको थियो ।
स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ’युद्द रोकौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
नापोलीको घरेलु मैदानमा भएको उक्त खेल बार्सिलोनाले जितेको थियो । बार्सिलोनाका तर्फबाट जोर्डी अल्बा, फ्रंकी डे जोङ, जरार्ड पिके र पियरेक इमरिक ओमाबियाङले एक–एक गोल गरेका थिए ।
त्यस्तै, नापोलीको तर्फबाट ओउरेन्जो इन्सिने र मेटिओ पोलिटानोले एक–एक गोल फर्काएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया