गठबन्धन जोगाएर एमसिसीमा राष्ट्रिय सहमति खोज्न अन्तिम विकल्प खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसिसीको सम्बन्धमा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।
सत्ता गठबन्धन धरापमा परेपछि शुक्रबार बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठकले एमसिसी सम्बन्धमा पार्टीको पूर्ववत् अडान कायमै राखि राष्ट्रिय सहमति खोज्न विभिन्न विकल्प खोज्ने निर्णय भएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार गठबन्धन जोगाउनका लागि अन्तिम प्रयासस्वरूप अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री निवास बालुवाटार पठाउने निर्णय भएको छ । ‘एमसिसीको सवालमा हाम्रो पार्टी पूर्ववत् अडानमा कायमै छ’, उनले भने, ‘राष्ट्रिय सहमतिका साथ एमसिसी अगाडि बढाउन पहल गर्ने निर्णय भएको छ । गठबन्धन जोगाउन प्रधानमन्त्रीसँग अन्तिम प्रयास हुनेछ । उहाँले जसरी नै पेलेर जाने हो भने हामी सरकारबाट बाहिरिन्छौं ।’
उनले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने भन्दै प्रधानमन्त्रीले जोरजर्बजस्ती गरे हाम्रो पार्टीले विपक्षमा मत हाल्ने बताए ।
प्रतिक्रिया