रुसको आक्रमणमाथि युक्रेनी खेलाडीको प्रदर्शन : ‘युक्रेनमा युद्ध नगर’

काठमाडौं । युरोपा लिग खेलिरहेका युक्रेनका खेलाडीले रुसले आफ्नो देशमाथि गरेको आक्रमणको विरोध जनाएका छन् ।
इटालियन क्लब एट्लान्टाबाट खेलिरहेका युक्रेनी स्ट्राइकर रुस्लान मालिनोभास्कीले युरोपा लिगको खेलपछि गएराति ’युक्रेनमा युद्ध नगर’ लेखिएको टिसर्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले २ गोलसमेत गरेका थिए ।
यतिबेला खेलाडीहरूले युक्रेनमाथि भएको आक्रमणको विरोध गरेका छन् । जसमा युरोपेली क्लब र समर्थकहरूको पनि साथ रहेको छ ।
गएराति नै स्पेनिस क्लब बार्सिलोना र नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ’युद्ध रोकौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया