NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

रुसी सेना युक्रेनको राजधानी किएभ पुग्यो, ३३ वटा गैरसैनिक क्षेत्रमा बमबारी

काठमाडौं । आज दोस्रो दिन पनि रुसले युक्रेनको आक्रमण जारी राखेकाे छ ।

यसैबीच, रुसी सैनिकहरू युक्रेनको राजधानी किएभ पुगेका छन् । सो क्षेत्रमा ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ।

युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा ‘शत्रु’ ओबोलोन क्षेत्र आइपुगेको जानकारी दिएको छ ।

युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेको बिबिसीले जनाएको छ ।

साथै, अधिकारीहरूले बृद्ध–बृद्धा र केटाकेटीहरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।

युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको छ ।

२४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको उनको दाबी छ ।

रुसी फौज तीव्र गतिमा सहर पसिकेको छ । उनीहरू उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेको बताइएको छ ।