प्रधानमन्त्रीसँग निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्णायक वार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसिसी गठबन्धन दलहरूबीच मतभेद भएपछि प्रधानमन्त्री देउवाले विपक्षी एमालेसँग सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।
एमसिसीका कारण गठबन्धन दुर्घटनामा पर्ने देखेपछि प्रचण्डले गठबन्धन कायमै रहनेगरी वैकल्पिक प्रस्ताव लिएर बालुवाटार गएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना असहमति प्रकट गर्दै माओवादी सांसदहरू संसदबाट बाहिरिने र बहुमतले पारित गर्ने पार्टीको निर्णय प्रधानमन्त्रीलाई जानकारी दिनेछन् ।
प्रचण्डले आजमात्रै पूर्वस्थायी कमिटी बैठक राखेर गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गराएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया