देउवा र प्रचण्डको निर्णायक वार्तामा जनार्दन मिसिए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा निर्णायक वार्ता चलिरहँदा अर्थमन्त्री जनार्दन शर्मा पनि मिसिएका छन् ।
अर्थमन्त्री शर्मा केहीबेरअघि मात्रै बालुवाटारको वार्तामा सहभागी भएका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसिसी गठबन्धन दलहरूबीच मतभेद भएपछि प्रधानमन्त्री देउवाले विपक्षी एमालेसँग सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।
एमसिसीका कारण गठबन्धन दुर्घटनामा पर्ने देखेपछि प्रचण्डले गठबन्धन कायमै रहनेगरी वैकल्पिक प्रस्ताव लिएर बालुवाटार गएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीसँग निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया