NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रचण्डसँगको छलफल सकारात्मक भएपछि देउवा ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । सत्ता गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्ट ओली निवास बालकोट पुगेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर गठबन्धन विघटनको संघारमा पुग्न लागेको अवस्थामा प्रचण्ड शुक्रबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न अर्थमन्त्रीसहित बालुवाटार पुगेका थिए ।

दुई पक्षीय भेटवार्ता सकारात्मक भइरहेको बताइरहेका बेला प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई अर्थपूर्णरूपा हेरिएको छ । उनको साथमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत गएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष