एमसिसी लफडामा शुक्रबार दिनभर नेताहरूबीच के–के भए ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने समय दुई–तीन दिनमात्र बाँकी रहँदा राजनीतिक शीर्ष नेताहरूको दौडधुप तीव्र बनेको छ ।
बिहीबार एमसिसीबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा राखेपनि सरकार अल्पमतमा पर्ने सूचना पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक स्थगित गर्न लगाएका थिए ।
सत्ता गठबन्धनकै नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भूमिकाबाट सशंकित देखिएका प्रधानमन्त्री देउवाले गठबन्धन भत्काएर प्रतिपक्षी एमालेसँग सत्ता सहकार्यको प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीका उक्त कदमबाट झस्किएका प्रचण्डले शुक्रबार बिहानैदेखि भेटघाटको क्रम तीव्र पारेका छन् । प्रधानमन्त्री देउवा पनि बिहानैदेखि भेटवार्तामा व्यस्त रहेका छन् ।
माओवादी स्थायी कमिटी बैठक
प्रधानमन्त्री देउवाले एमालेसँग सत्ता सहकार्यको प्रस्ताव गरेपछि गठबन्धन कायमै राखी एमसिसीबारे थप निर्णय लिन प्रचण्डले शुक्रबार बिहान ८ बजेतिर आफ्नै निवास खुमलटारमा स्थायी कमिटी बैठक बोलाएका थिए । उक्त बैठकले गठबन्धन कायमै राख्ने शर्तमा एमसिसीबारे थप लचिलो बन्ने निर्णय गरेको थियो ।
देउवा–माधव भेट
पार्टी कार्यक्रमका लागि धनगढी पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटेका थिए । उक्त भेटमा गठबन्धन कायमै राखि एमसिसी सम्बन्धमा विभिन्न विकल्पबारे छलफल गरेका थिए ।
प्रचण्ड–माधव भेट
प्रधानमन्त्री देउवालाई भेटेलगत्तै अध्यक्ष नेपालले संसदीय दलको कार्यलय सिंह दरबारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । दुई पक्षीय भेटमा एमसिसीबारे थप लचिलो हुने सहमति गरेका थिए ।
सभामुख–गृहमन्त्री भेट
शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित गराउन सरकारका गृहमन्त्री बालकृष्ण खाँड मध्यान्ह सभामुखलाई भेट्न उनको कार्यकक्षमा पुगेका थिए । गृहमन्त्रीले आग्रहपछि बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री–पार्टीका शीर्ष नेताबीच भेटवार्ता
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेपछि एमसिसीबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आफू पक्षीय नेताहरूलाई दिउँसो बालुवाटार बोलाएका थिए । गृहमन्त्री बालकृष्ण खाँड, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगाएका नेताहरू सहभागी थिए ।
देउवा –प्रचण्ड भेटवार्ता
एमसिसी सम्बन्धमा नयाँ विकल्पसहित अपरान्ह माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । अर्थमन्त्री जनार्दन शर्मालाई सँगै लिएर गएका देउवा र प्रचण्ड बीचको भेटवार्ता सकारात्मक भएको भनिएपनि शीर्ष नेताबीचको कुराकानी बाहिर ल्याइएको छैन ।
प्रचण्ड–वामदेव भेटवार्ता
एमसिसीबारे दलहरूबीच मतभेद तीव्र भइरहेको अवस्थामा नेकपा विभाजनपछि निष्कृय रहेका नेता वामदेव गौतम प्रचण्डलाई भेट उनकै निवास खुमलटार गएका थिए । करिब एक वर्षपछि प्रचण्ड र गौतमबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री–ओली भेटवार्ता
माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता लगत्तै विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट गएका थिए । २४ घण्टामा प्रधानमन्त्री र ओलीबीच तीनपटक भेट भएको हो । बिहीबार सत्ता सहकार्यको प्रस्ताव राखेका देउवाले बिहीबारमात्रै दुईपटक भेट गरेका थिए । प्रधानमन्त्री र ओलीबीच आजको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया