युक्रेनी सेनाले हतियार बिसाए वार्ता गर्न तयार छौं : रुस
काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफूहरू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्ने उनको सर्त छ ।
राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,’ लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने ।
रुसले बिहीबार युक्रेनविरुद्ध युद्ध घोषणा गरेको थियो । त्यसयता उसले युक्रेनविरुद्ध आक्रमण जारी राखेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया