एमालेसँग वार्ता गर्न कांग्रेस नेता ओली निवासमा
काठमाडौं । एमसिसी पास गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर छलफल हुँदै अाएकाे छ । एमसिसी संसदमा टेबल भएपछि प्रधानमन्त्री र देउवाबीच भेट भएको यो चारपटकसम्म कुराकानी भइसकेकाे छ ।
एमसिसी पास गर्ने विषयमा सत्तारुढ दल र प्रतिपक्षी दुवैसँग देउवाले समानान्तर रुपमा छलफल गर्दै आएका छन् । यसै क्रममा देउवाले पार्टीका पदाधिकारीहरु उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासहितका नेतालाइ बालकोट पठाएका छन् ।
एमालेबाट ओली इश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङसहितका नेता सहभागी छन् । यस अघि एमसिसीलाई संसदमा कुन प्रक्रियामा अगाडि बढाउने भन्नेमा कुरा नमिल्दा पटकपटक संसद बैठक स्थगित हुँदै आएको छ । आइतबार पनि एमसिसीमाथि छलफल हुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
तर एमसिसी पास गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्तारुढ दलमै सहमति जुट्छ वा प्रतिपक्षीसँग मिल्ने भन्ने टुंगो अझै लागिसकेको छैन ।
एमालेले सभामुखलाई हटाउनुपर्ने, माधव नेपालको पार्टीका १४ सांसदलाई कारवाही गरे संसद् खुलाएर एमसिसीमा सहयोग गरेर जाने वचन देउवालाई दिइसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया