NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एमालेसँग वार्ता गर्न कांग्रेस नेता ओली निवासमा

काठमाडौं । एमसिसी पास गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच  निरन्तर छलफल हुँदै अाएकाे छ ।  एमसिसी संसदमा टेबल भएपछि प्रधानमन्त्री र देउवाबीच भेट भएको यो चारपटकसम्म कुराकानी भइसकेकाे छ ।

एमसिसी पास गर्ने विषयमा सत्तारुढ दल र प्रतिपक्षी दुवैसँग देउवाले समानान्तर रुपमा छलफल गर्दै आएका छन् । यसै क्रममा देउवाले पार्टीका पदाधिकारीहरु उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासहितका नेतालाइ बालकोट पठाएका छन् ।

एमालेबाट ओली इश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङसहितका नेता सहभागी छन् । यस अघि एमसिसीलाई संसदमा कुन प्रक्रियामा अगाडि बढाउने भन्नेमा कुरा नमिल्दा पटकपटक संसद बैठक स्थगित हुँदै आएको छ । आइतबार पनि एमसिसीमाथि छलफल हुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

तर एमसिसी पास गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्तारुढ दलमै सहमति जुट्छ वा प्रतिपक्षीसँग मिल्ने भन्ने टुंगो अझै लागिसकेको छैन ।
एमालेले सभामुखलाई हटाउनुपर्ने, माधव नेपालको पार्टीका १४ सांसदलाई कारवाही गरे संसद् खुलाएर एमसिसीमा सहयोग गरेर जाने वचन देउवालाई दिइसकेका छन् ।