एमाले हुम्लाको अध्यक्षमा हमाल
काठमाडौं । दुईपटक स्थगन भएको नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशनबाट कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ । स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व छनोट गरेको हो ।
जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडामध्ये लिमीबाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्य सर्वसम्मत टुङ्ग्याइएको छ । नवौँ अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिको आग्रहअनुसार नै सर्वसम्मत नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी कमिटी सदस्य बोगटीले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया