एमाले हुम्लाको अध्यक्षमा हमाल
काठमाडौं । दुईपटक स्थगन भएको नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशनबाट कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ । स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व छनोट गरेको हो ।
जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडामध्ये लिमीबाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्य सर्वसम्मत टुङ्ग्याइएको छ । नवौँ अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिको आग्रहअनुसार नै सर्वसम्मत नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी कमिटी सदस्य बोगटीले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया