एमसिसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि तय छ ।
प्रतिनिधिसभामा एमसिसी प्रस्तावमाथि यसअघि नै छलफल गर्नुपर्ने कार्यसूची थियो । तर सत्ता गठबन्धनका दलबीचको मतान्तरले छलफल हुन सकेन । अब भने एमसिसीबारे छलफल हुने संकेत देखिएको छ । स्रोतका अनुसार सत्ता गठबन्धन दलबीच एमसिसीका प्रश्न उठेका विषयमा ‘व्याख्यात्मक घोषणा’को पूरक प्रस्ताव पारितसहित अनुमोदन गर्ने सहमति बनेको छ ।
तथापि, नयाँ सहमतिबारे दलहरूले सार्वजनिक रूपमा केही बताइसकेका छैनन् ।
नेपाली कांग्रेस यथास्थितिमा एमसिसी पास गर्नुपर्ने पक्षमा अडिग रहँदै आएको भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी विपरीत धारमा उभिएका थिए । कांग्रेसले एमालेसँग संवाद बढाएपछि सत्ता गठबन्धन नै धरापमा परेका बेला एमसिसीमा ब्रेक थ्रु भएको हो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया