एमसिसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि तय छ ।
प्रतिनिधिसभामा एमसिसी प्रस्तावमाथि यसअघि नै छलफल गर्नुपर्ने कार्यसूची थियो । तर सत्ता गठबन्धनका दलबीचको मतान्तरले छलफल हुन सकेन । अब भने एमसिसीबारे छलफल हुने संकेत देखिएको छ । स्रोतका अनुसार सत्ता गठबन्धन दलबीच एमसिसीका प्रश्न उठेका विषयमा ‘व्याख्यात्मक घोषणा’को पूरक प्रस्ताव पारितसहित अनुमोदन गर्ने सहमति बनेको छ ।
तथापि, नयाँ सहमतिबारे दलहरूले सार्वजनिक रूपमा केही बताइसकेका छैनन् ।
नेपाली कांग्रेस यथास्थितिमा एमसिसी पास गर्नुपर्ने पक्षमा अडिग रहँदै आएको भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी विपरीत धारमा उभिएका थिए । कांग्रेसले एमालेसँग संवाद बढाएपछि सत्ता गठबन्धन नै धरापमा परेका बेला एमसिसीमा ब्रेक थ्रु भएको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया