अन्ततः जर्मनीले पनि गर्ने भयो युक्रेनलाई हतियार सहयोग
काठमाडौं । आफ्नो पूर्व नीति परिमार्जन गर्दै युक्रेनलाई हतियार सहयोग गर्न जर्मनी तयार भएको छ । साथै उसले आफ्नो हवाई क्षेत्रमा रुसी विमानलाई समेत अनुमति नदिने भएको छ ।
युद्धग्रस्त क्षेत्रमा हतियार उपलब्ध नगराउने आफ्नो पुरानो नीति परिमार्जन गर्दै जर्मनी युक्रेनलाई हतियार दिन तयार भएको हो । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले जर्मनका चान्सलर ओलाफ शल्ट्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युक्रेनलाई सघाउन जर्मनीले १ हजार एन्टिट्यांक हतियार र मार हान्नसक्ने ५०० मिसाइल पठाउन लागेको लेखेका छन् ।
रुसमाथि विभिन्न देशहरूले प्रतिबन्ध लगाएका छन् । यो क्रममा केही देशले आफ्नो हवाई क्षेत्रमा रुसी विमान प्रवेश नदिने निर्णय लिइसकेका छन् । यस्तो निर्णय लिनेको लहरमा एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकपछि जर्मनी पनि खडा भएको छ ।
रुसले आक्रमण जारी राखेपछि पश्चिमा राष्ट्रले सहयोगको वचन दिइरहेका छन् । अमेरिकाले एन्टिट्यांक मिसाइल, एन्टिएयरक्राफ्ट सिस्टमसमेत ३५० मिलियन डलरको हतियार
उपलब्ध गराउँदै छ भने नेदरल्याण्डले पनि यस्तै हातहतियार युक्रेन पठाउँदै छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया