नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले फागुन ११ गतेदेखि देखि सर्वसाधारणलाई निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
उक्त आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आइपीओ फागुन ११ देखि छिटोमा १५ गतेसम्म आवेदन दिन सकिने छ ।
अहिलेसम्म अर्थात १३ गते शुक्रबारसम्ममा १८ लाख ५९ हजार १४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८ लाख ६१ हजार रूपैयाँ बराबरको २ करोड १६ लाख ६१० कित्ता खरिदको लागि माग परेको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया