NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले फागुन ११ गतेदेखि देखि सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आइपीओ फागुन ११ देखि छिटोमा १५ गतेसम्म आवेदन दिन सकिने छ ।

अहिलेसम्म अर्थात १३ गते शुक्रबारसम्ममा १८ लाख ५९ हजार १४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८ लाख ६१ हजार रूपैयाँ बराबरको २ करोड १६ लाख ६१० कित्ता खरिदको लागि माग परेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।