सुनको मूल्य तोलामा १४०० रूपैयाँले गिरवाट
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै गत शुक्रबार तोलामा ९७ हजार पाँच सय रूपैयाँ कायम गरिएको तेजावी सुन आजको लागि ९६ हजार एक सय रूपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ४० रूपैयाँ घटेर एक हजार २९५ रूपैयाँमा कारोबार भइरहेको हो । गत शुक्रबार चाँदी तोलामा २० रूपैयाँ घटेर एक हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया