एमसिसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी आजै पारित गर्ने निर्णय गरेका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीमा सहमति जनाएपछि एमसिसी पास गर्ने तयारी गरेको सत्ता गठबन्धनको निर्णय छ ।
यसका लागि आजै दुईपटक प्रतिनिधिसभाको बैठक बस्ने जनाइएको छ ।
पहिलो बैठकमा एमसिसीबारे छलफल गर्ने र दोस्रो बैठकले पास गर्ने जनाइएको छ ।
साधारण बहुमतबाटै एमसिसी पास हुनेछ ।
सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसबाट रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र गगन थापा सहभागी थिए ।
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव सहभागी थिए ।
सत्तारु गठबन्धनमा सहमति नजुटे एमालेको सहयोग लिएर भए पनि एमसिसी पास गर्ने तयारीमा प्रधानमन्त्री देउवा जुटेपछि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्न माओवादी केन्द्र र नेकपा एस तयार भएका हुन् ।
आजै प्रतिनिधिसभाको पहिलो बैठकमा एमसिसीमाथि छलफल हुनेछ । यही छलफलमा उठेका प्रश्न र एमसिसीका विषयमा उठेका अन्य प्रश्नका विषयमा मन्त्रिपरिषद् बैठकले व्याख्या गर्ने तयारी गरेको छ । यसपछि फेरि आजै बस्ने प्रतिनिधिसभाको बैठकले एमसिसीलाई पारित गर्ने तयारी गरेको छ ।
‘एमसिसीलाई व्याख्यात्मक घोषणासहित संसद्बाट पारित गर्ने निर्णय भयो । गठबन्धनमा सहमति गरेर अघि बढ्ने निर्णय भएको छ । एमसिसीबारे जे कुरामा शंका उठाइएको थियो । यसलाइ क्लियर पारेर जाने भन्ने भएको छ । यो इण्डो प्यासिफिक रणनीतिको अंग होइन । नेपालको कानुन अनुसार नै यो यो अघि बड्छ । नेपालको विकास सहयोगको रुपमा मात्रै बुझ्छौं’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘सदनमा उठेका प्रश्नलाई सरकारले व्याख्या टिप्पणीसहित यो सम्झौतालाई सँगै एट्याच गरेर आजै संसदको दोस्रो बैठकले पास गर्छ । यसमा प्रमुख प्रतिपक्षी दलको पनि सहयोग हुन्छ ।’
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया