NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

सत्ता गठबन्धनले जाली तमशुक ल्याइ झुक्याएर सही गराउँदैछ : विशाल भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकको अवरोध जारी राख्ने भएको छ ।

सत्ता गठबन्धन दलहरूको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी परियोजना एमसिसी पास गर्ने निर्णय गरेको थियो ।

दलहरूबीच सहमति भएसँगै सरकारले दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसिसी सम्झौता निर्णायार्थ प्रस्तुत गर्दैछ ।

‘सत्ता गठबन्धनले जाली तमशुक ल्याएर मान्छे झुक्याएर सही गराउँदै छ । यस्ता खोस्टा कागजको केही अर्थ छैन’, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यो सम्झौताको अंग बन्न सक्दैन । यो नाटकबाहेक केही होइन ।’

सरकारले हाम्रो माग सम्बोधन नगरेसम्म संसद् अवरोध जारी राख्ने भट्टराईले प्रतिक्रिया दिए । हामीले एमसिसीलाई लक्षित गरी संसद् अवरोध गरेको होइन’, प्रतिपक्षीमाथि कसले के आरोप लगाउँछन् एमालेलाई केही प्रवाह छैन । भोट हाम्रै बढ्ने हो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीमका अध्यक्ष माधवकुमार नेपालले एमसिसी सम्बन्धमा कार्यकर्ता र जनतालाई गुमराहमा पारेर नौटङ्की गरेको उनले आरोप लगाए । आफैले राष्ट्रघाति करार गरेको एमसिसी अहिले कसरी राष्ट्रवादी भयो भन्दै भट्टराई उनीमाथि खनिए ।

ताजा अपडेट

नेपालवाच विशेष