सत्ता गठबन्धनले जाली तमशुक ल्याइ झुक्याएर सही गराउँदैछ : विशाल भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकको अवरोध जारी राख्ने भएको छ ।
सत्ता गठबन्धन दलहरूको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी परियोजना एमसिसी पास गर्ने निर्णय गरेको थियो ।
दलहरूबीच सहमति भएसँगै सरकारले दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसिसी सम्झौता निर्णायार्थ प्रस्तुत गर्दैछ ।
‘सत्ता गठबन्धनले जाली तमशुक ल्याएर मान्छे झुक्याएर सही गराउँदै छ । यस्ता खोस्टा कागजको केही अर्थ छैन’, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यो सम्झौताको अंग बन्न सक्दैन । यो नाटकबाहेक केही होइन ।’
सरकारले हाम्रो माग सम्बोधन नगरेसम्म संसद् अवरोध जारी राख्ने भट्टराईले प्रतिक्रिया दिए । हामीले एमसिसीलाई लक्षित गरी संसद् अवरोध गरेको होइन’, प्रतिपक्षीमाथि कसले के आरोप लगाउँछन् एमालेलाई केही प्रवाह छैन । भोट हाम्रै बढ्ने हो ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीमका अध्यक्ष माधवकुमार नेपालले एमसिसी सम्बन्धमा कार्यकर्ता र जनतालाई गुमराहमा पारेर नौटङ्की गरेको उनले आरोप लगाए । आफैले राष्ट्रघाति करार गरेको एमसिसी अहिले कसरी राष्ट्रवादी भयो भन्दै भट्टराई उनीमाथि खनिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया