पल शाहको इच्छा : एकपल्ट दर्शकसँगै बसेर फिल्म हेर्न पाउँ

काठमाडाैं । नायक एवं मोडल पल शाहले एकपटक दर्शकसँगै बसेर अहिले चलिरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले आज प्रहरीसामू आत्मसमर्ण गर्नुपूर्व एक भिडियोमार्फत उक्त कुरा व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘ मेरो एउटा इच्छा छ, सायद प्रहरीसमक्ष गएपछि सम्भव होला या नहोला, नहोला पनि । नेपाल सरकारसमक्ष एउटा अनुरोध गर्न चाहान्छु, एकचोटी तपाईँहरूमाझ बसेर मुभी हेर्न मन छ मलाई ।’
नायक शाहले प्रहरीसामू आत्मसमर्ण गरिसकेका छन् । उनले भिडियोमा आफूलाई फसाउँदै यहाँसम्म ल्याएको कुरा भिडियोमा बोलेका छन् । यसभन्दा अगाडि आफू बिरामी भएको, परिवारको जिम्वेवारी र चलिरहेको फिल्मलाई केही असर नहोस् भनेर उपस्थित हुन नसकेको कारण खुलाएका छन् ।
उनले अदालतले जे निर्णय गर्नेछ, त्यसलाई आफूले मान्न तयार रहेको बताएका छन् ।
प्रतिक्रिया