NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमालेकाे अवरोधबीच संसद्मा एमसिसी छलफलका लागि पेस, सुरु भयो छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच अमेरिकी सहयता परियोजना एमसिसी प्रतिनिधि सभामा सामान्य छलफलका लागि पेस भएको छ ।

सामान्य छलफलका लागि भन्दै अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेस गरेका हुन् ।

पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ । अहिले एकीकृत समाजवादीका सांसद् झलनाथ खनाल बोलिरहेका छन् ।

बोल्न चाहने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ । यता, एमालेका सांसद भने नाराबाजी गरिरहेका छन् ।