NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सांसदहरूलाई प्रमुख सचेतक गुरुङको ब्रिफिङ : एमसिसी व्याख्यात्मक घोषणा लागू हुनेमा शंका छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक घोषणालाई उधारो तमशुकको संज्ञा दिएका छन् ।

उनले एमसिसी सम्बन्धमा व्याख्यात्मक पूरक प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएपनि मान्यता पाउनेमा शंका व्यक्त गरेका हुन् । संसद बैठक बस्नुअघि संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी संसदीय दलको बैठकमा गठबन्धनले तयार गरेको ११ बुँदे व्याख्यात्मक प्रस्तावमाथि गुरुङले व्याख्या गरेका थिए ।

‘११ बुँदामा नेपालको कानून भन्दामाथि एमसिसी माथि हुँदैन भनेर व्याख्या गरिएको छ । यसलाई प्रधिनिधि सभाबाट व्याख्यासहित पारित गर्ने गठबन्धन दलहरूबीच सहमति भएको छ’, माहाकाली सन्धिको स्मरण गर्दै उनले भने, ‘महाकाली संन्धिमा पनि संसदबाट संकल्प प्रस्ताव पारित गरिएको थियो । त्यो लागू भएन त । एमसिसीमाथिको व्याख्यात्मक टिप्पणी पनि लागू हुनेमा शंका छ ।’

राष्ट्रियतासँग जोडिएको यस विषयमा सम्झौताका दोस्रो पक्ष एमसिसी बोर्डले नस्वीकार्दै संसद्बाट अनुमोदन भए भविष्यमा जटिल स्थिति आउन सक्नेतर्फ चनाखो हुनेपर्ने उनले बताए ।

गुरुङले एमसिसी संसदबाट अनुमोदन हुनुअघि एमसिसी बोर्डसँग बसेर सहमति गर्न सके त्यो पाको हुने बताए । सम्झौताको दोस्रो पक्षसँग सहमति नभइ व्याख्यात्मक घोषणा गर्दा आइपर्ने कानूनी जटिलताबारे नेतृत्वलाई सचेत गराएका थिए ।

गुरुङका बैठकमा दलका नेता प्रचण्डले गठबन्धन कायम राखी एसिसीलाई अनुमोदनको नयाँ प्रस्ताव ल्याइएको बताएका थिए । तर कानूनविद्हरूले सम्झौताको दोस्रो पक्ष तयार नभए व्याख्यात्मक घोषणाले काम नगर्ने जिकिर गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष