NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

एमसिसी अमेरिकाको गुलियो षड्यन्त्र हाे, त्यसमा नफसौं : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसिसी आइपिएसको अंग भएकाले लागू हुन नसक्ने बताएका छन् ।

आइबार एमसिसी सम्झौता छलफलबारे संसद्मा भाग लिँदै उनले साम्राज्यवादी शक्तिहरूले एमसिसीको नाममा स्वार्थ लाद्न खोजिएको आरोप लगाए ।

एमसिसी सम्झौता आइपिएसकै अंग भएको स्वयम अमेरिकी अधिकारीले स्वीकार गरिसकेको अवस्थामा अमेकिकाविरुद्ध डराउनेहरू प्रजातन्त्रवादी हुन नसक्ने जिकिर गरे ।

‘एमसिसी नेपाललाई तहसनहस पार्ने अमेरिकीहरूको गुलियो षडयन्त्र हो’, उनीहरूको चालमा फस्नु जरुरी छैन । कसैको गुलाम नभएको देशमा एमसिसी लाद्न खोज्नु राष्ट्रयताविपरीत छ । यसलाई अस्वीकार गर्नुपर्छ ।’

 

ताजा अपडेट

नेपालवाच विशेष