बाबुरामको कटाक्ष– प्रचण्डजी राष्ट्रघाती सम्झौता गरेकोमा राजनीतिबाट सन्यास लिनोस्
काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
आइतबार प्रनिनिधिसभा बैठकमा भाग लिँदै उनले एउटालाई राष्ट्रघाती अर्कोलाई राष्ट्रवादी देख्ने विषाक्त अभिव्यक्ति दिएर जनतालाई भ्रमित पारिएको आरोप लगाए ।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘केही साथीहरूले एमसिसीको नाममा तलसम्म विषक्त भर्ने काम गरे । ढिलै भएपनि पातलो लगौंटीले लाज छोपेर अहिले व्याख्यात्मक घोषणाबाट एमसिसी पास गर्न तयार भएका छन् । ढिलै भएपनि बुद्धि आएको छ । एमसिसीलाई अनुमोदन गर्नु नै राष्ट्रको हितमा छ ।’
उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालाबाहेकका सबै प्रधानमन्त्री एमसिसीमा जोडिएकोले राष्ट्रियघात भएको भए किन त्यतिबेला चुप लागेको भन्दै आक्रोश पोखे । ‘पहिला आफूले सम्झौता गर्दा राष्ट्रवाद देख्नेले अहिले कसरी राष्ट्रघात भयो ?’, भट्टराईले प्रचण्ड लगायतका नेताप्रति प्रश्न गर्दै भने, ‘आफ्नो पालामा भएको राष्ट्रघातबारे प्रयश्चित गर्दै राजनीतिबाट सन्यास लिनोस् ।’
भट्टराईले आफूले गल्ती गरेछौं भन्दै जनतासामु माफी माग्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया