बाबुरामको कटाक्ष– प्रचण्डजी राष्ट्रघाती सम्झौता गरेकोमा राजनीतिबाट सन्यास लिनोस्
काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
आइतबार प्रनिनिधिसभा बैठकमा भाग लिँदै उनले एउटालाई राष्ट्रघाती अर्कोलाई राष्ट्रवादी देख्ने विषाक्त अभिव्यक्ति दिएर जनतालाई भ्रमित पारिएको आरोप लगाए ।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘केही साथीहरूले एमसिसीको नाममा तलसम्म विषक्त भर्ने काम गरे । ढिलै भएपनि पातलो लगौंटीले लाज छोपेर अहिले व्याख्यात्मक घोषणाबाट एमसिसी पास गर्न तयार भएका छन् । ढिलै भएपनि बुद्धि आएको छ । एमसिसीलाई अनुमोदन गर्नु नै राष्ट्रको हितमा छ ।’
उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालाबाहेकका सबै प्रधानमन्त्री एमसिसीमा जोडिएकोले राष्ट्रियघात भएको भए किन त्यतिबेला चुप लागेको भन्दै आक्रोश पोखे । ‘पहिला आफूले सम्झौता गर्दा राष्ट्रवाद देख्नेले अहिले कसरी राष्ट्रघात भयो ?’, भट्टराईले प्रचण्ड लगायतका नेताप्रति प्रश्न गर्दै भने, ‘आफ्नो पालामा भएको राष्ट्रघातबारे प्रयश्चित गर्दै राजनीतिबाट सन्यास लिनोस् ।’
भट्टराईले आफूले गल्ती गरेछौं भन्दै जनतासामु माफी माग्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया