१२ वर्षीया बालिका बलात्कारपछि हत्याका आरोपी समातिए

मोरङ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे बस्ने १२ वर्षीय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही फागुन ११ गते विद्यालयबाट छुट्टी भई घर फर्किरहेकी बालिकालाई जङ्गलको बाटोमा करणी गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको जनाएको छ ।
आरोपी गिरीले बालिकाको करणीपश्चात हत्या गरी जङ्गलमा ढुङ्गाले छोपी विद्यालयको पोशाक आफ्नो घरभन्दा ५०० मिटर टाढा जलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
मृतक बालिकाको विद्यालय घरभन्दा दुई घण्टाको दूरीमा जङ्गलको बाटो भएर जानुपर्दछ । आरोपी गिरीलाई लाइटरको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । निज आरोपीलाई जबरजस्ती करणी तथा हत्याको अभियोगमा मुद्दा चलाई सजाय माग गरिएको छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया