रुसद्वारा चारै दिशाबाट युक्रेनमाथि हमला
काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमणलाई थप विस्तार गर्दै तीव्र पारेको छ । अघिल्ला दिनहरूमा सीमित शहर र स्थानमा आक्रमण गरेको रुसले आइतबार सबै दिशाबाट हमला गरिरहेको छ ।
युक्रेनको सशस्त्र फौजका प्रमुखले फेसबुकमार्फत आइतबार कठिन समय भएको लेखेका छन् । उनका अनुसार, रुसी फौजले लगभग सबै दिशाबाट आक्रमण जारी राखेको छ ।
रुसी सेनाले खार्किभमाथि निरन्तर आक्रमण गरिरहेको छ । तथापि, युक्रेनी सेनाले त्यहाँ आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेको छ ।
रुसले बिहीबारदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । त्यसयता उसका ४ हजार ३०० सेना मारिएको युक्रेनी दाबी छ । तथापि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
युक्रेनमाथि रुसले आक्रमण जारी राखेपछि अमेरिका, जर्मनीलगायत मुलुकले हातहतियारलगायत सहयोग गरिरहेका छन् । युरोपेली सङ्घ (इयू)ले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया