रुसद्वारा चारै दिशाबाट युक्रेनमाथि हमला
काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमणलाई थप विस्तार गर्दै तीव्र पारेको छ । अघिल्ला दिनहरूमा सीमित शहर र स्थानमा आक्रमण गरेको रुसले आइतबार सबै दिशाबाट हमला गरिरहेको छ ।
युक्रेनको सशस्त्र फौजका प्रमुखले फेसबुकमार्फत आइतबार कठिन समय भएको लेखेका छन् । उनका अनुसार, रुसी फौजले लगभग सबै दिशाबाट आक्रमण जारी राखेको छ ।
रुसी सेनाले खार्किभमाथि निरन्तर आक्रमण गरिरहेको छ । तथापि, युक्रेनी सेनाले त्यहाँ आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेको छ ।
रुसले बिहीबारदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । त्यसयता उसका ४ हजार ३०० सेना मारिएको युक्रेनी दाबी छ । तथापि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
युक्रेनमाथि रुसले आक्रमण जारी राखेपछि अमेरिका, जर्मनीलगायत मुलुकले हातहतियारलगायत सहयोग गरिरहेका छन् । युरोपेली सङ्घ (इयू)ले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया