आगामी २४ घण्टा हाम्रा लागि निकै महत्त्वपूर्ण छ : युक्रेन
काठमाडौं । युक्रेनले आगामी २४ घण्टा आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनलाई टेलिफोन गर्दै यस्तो बताएका हुन् ।
रुसले देशभर आक्रमण जारी राखेकाले आगामी २४ घण्टा आफ्ना लागि निकै महत्त्वपूर्ण हुने जेलेन्स्कीको भनाइ छ ।
बेलायती सरकारका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार, जोन्सनले रुसविरुद्धको युद्धमा जेलेन्स्कीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए ।
जोन्सनले बेलायत र यसका सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताए।
बिबिसीका अनुसार, दुई नेताले निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता पनि जायर गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया