दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

सिन्ह्वा । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो ।
यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए ।
यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा संक्रमित नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ ।
यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तीव्र गतिमा बढेको पाइएको हो । तर पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया