NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमसिसी पास भएको भोलिपल्टै बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी आर्थिक सहयोग पास भएको भोलिपल्टै मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज दिउसो तीन बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

‘सबै एजेण्डा खुलाइएको छैन । तर विभिन्न मन्त्रालय एजेण्डासहितका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक तीन बजे बस्दैछ ।’
आइतबार प्रतिनिधिसभाबाट ध्वनीमतबाट बहुमतले एमसिसी अनुमोदन गरेपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास गर्ने विषयलाई प्रतिष्ठाको बनाएर दलहरूसँग श्रृंखलावद्ध छलफल गरेका थिए । संशयका बीच सत्तारुढ दलबीच नै सहमति जुटाएर ६० अर्ब रुपैयाँको सम्झौतालाई प्रतिनिधिसभाले अनुमोदन गरेको हो ।