एमसिसी पास भएको भोलिपल्टै बस्दै मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी आर्थिक सहयोग पास भएको भोलिपल्टै मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज दिउसो तीन बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
‘सबै एजेण्डा खुलाइएको छैन । तर विभिन्न मन्त्रालय एजेण्डासहितका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक तीन बजे बस्दैछ ।’
आइतबार प्रतिनिधिसभाबाट ध्वनीमतबाट बहुमतले एमसिसी अनुमोदन गरेपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास गर्ने विषयलाई प्रतिष्ठाको बनाएर दलहरूसँग श्रृंखलावद्ध छलफल गरेका थिए । संशयका बीच सत्तारुढ दलबीच नै सहमति जुटाएर ६० अर्ब रुपैयाँको सम्झौतालाई प्रतिनिधिसभाले अनुमोदन गरेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया