घुस लिएको आरोपमा अख्तियारद्वारा आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार घूस लिएको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव मोहम्मद सिद्दिकविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगको बुटबल कार्यालयबाट खटिएको टोलीले निज सिद्दिकलाई गत पुस २ गते सेवाग्राहीसँग घूस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो ।
वडासचिव सिद्दिकलाई रु तीन हजार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया