निर्वाचन नगरी सहमतिमा मकवानपुर कांग्रेस सभापति भए लामा
काठमाडौं । दोस्रोपटक निर्वाचन नै नगरी सहमतिमा बुद्ध लामालाई मकवानपुर कांग्रेस सभापति चयन गरिएको छ । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याउने लामालाई सहमतिका आधारमा सभापति चयन गरिएको हो ।
सभापतिका लागि पहिलो चरणमा खसेको १ हजार ७ सय ७५ मतमा लामाले ५९२, दोस्रो भएका आनन्दराम पराजुलीले ५४५ र तेस्रो हुने जयराम लामिछानेले ५३१ मत ल्याएका थिए ।
विधान अनुसार दोस्रो चरणमा लामा र पराजुलीबीच पुनः प्रतिस्पर्धा हुनुपर्ने थियो । तर कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र वाग्मती कांग्रेस सभापति इन्द्र बानियाँले सहमतिमै सभापति चयन गरेका हुन् ।
दोस्रो बढी मत ल्याएका पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया