भारतमा थप झण्डै सात हजार नयाँ संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ संक्रमित भएका हुन् ।
सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बरभन्दा बढी देखिएको छ । एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै रहेकाले सक्रिय संक्रमितहरूको संख्या पनि घट्दै गएको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया