फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, १५ दिनमा निगमलाई थप ३ अर्ब घाटा
काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । नेपाल आयल निगमले आज एक विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पेरेशन (आईओसी) बाट मूल्य बढेर आएको जानकारी दिएको हो ।
आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपालमा पनि फेरी मूल्य बढ्ने देखिन्छ । मूल्य बढेर आएको भए पनि आयल निगमले भने बढाइसकेको छैन ।
नयाँ मूल्य अनुसार पेट्रोलमा ३ रूपैयाँ ८९ पैसा, डिजेलमा ३ रूपैयाँ ८ पैसा र मट्टितेलमा ३ रूपैयाँ ८९ पैसाले बढेर आएको छ । त्यस्तै हवाइ इन्धन ३ रूपैयाँ ३२ पैसा र एलपी ग्याँस प्रति सिलिण्डर ९९.१७ रूपैयाँ बढेर आएको छ ।
रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भएर उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने निगमले जनाएको छ।
निगमले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा करिब २८ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया