भीम रावलप्रति ओलीको आक्रोश–हिरो हुन खोज्ने ?
काठमाडौं । पार्टी नीति र निर्णय विरुद्ध नेता भीम रावलले संसदमा एमसिसीविरुद्ध बोलेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आक्रोश व्यक्त गरेका छन् । एमसिसी पाए भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले रावल पार्टीका निर्णय र धारणा विपरीत अघि बढेर हिरो हुन खोजेको आरोप लगाएका हुन् ।
‘रावलले पार्टीको निर्णय र धारणा विपरीत अनुशासनहीन काम गर्नुभएको छ । उहाँको कदम आत्मकेन्द्रित, आत्मप्रचारक र अनुचित छ’ ओलीले भने, ‘रावलल व्यक्तिगत रुपमा हिरो बन्नका लागि राष्ट्रवाद र लोकतन्त्रको बहाना गरिरहनुभएको छ ।’
आफूले पटकपटक यसरी पार्टीको नीति विपरीत नबोल्न सचेत गराए पनि रावलले नटेरेको ओलीको भनाइ थियो ।
एमालेले संसद् अवरोध जारी राखिरहेको अवस्थामा नेता रावलले गत आइतबार एमसिसी भएको दिन एकै दिन दुईपटक पोडियमसम्मै पुगेर एमसिसीको विरोधमा धारणा राखेका थिए । मत विभाजनमा पनि रावल सहभागी भएर एमसिसीको विपक्षमा मत व्यक्त गरेका थिए । एमसिसी राष्ट्रघाती र नेपालको हित विपरीत रहेको बताएका थिए ।
तर अध्यक्ष ओलीले एमसिसीमा एमालेको विरोध नहरेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराए । बरु आफूहरुलाई यत्ति महत्वपूर्ण विषयको टुंगो लगाउने बैठकमा भाग लिने वातावरण नबनाएकोप्रति सत्तारुढ दलप्रति असन्तुष्टि व्यक्त गरे । एमसिसी पारित भइसकेको भन्दै अब नेपालको हित हुने गरी कार्यान्यनमा लाग्नुपर्ने मत ओलीको थियो ।
ओलीले एमसिसी पास गर्दाको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको पनि टिप्पणी गरे ।
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया