पल प्रकरणमा बोल्न थाले अभिनेत्री, कसले के भने ?
काठमाडौं । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाह तनहु प्रहरीको हिरासतमा छन् ।
पल प्रकरणमा यतिबेला पक्ष विपक्षमा सामाजिक सञ्जाल तातिरहेको छ । यसैबीच केही अभिनेत्रीले मूख खोलेका छन् । तीमध्ये एक अभिनेत्री हुन्, रेखा थापा ।
उनले आज बिहानै मात्रै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै २० वर्षमुनिका छोरीहरु बालिका भएकी बताएकी छिन् । उनले भनेकी छिन् ‘बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई सम्रक्षण गर्ने हो ।’
अभिनेत्री रेखा लेख्छिन् ‘कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’
त्यस्तै अर्की अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जालमार्फत एक पोष्ट गर्दै पीडित गायिकाको पक्षकमा उभिएकी छिन् । उनले १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार भएको कुरा उल्लेख गर्दै नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको लेखेकी छिन् ।
उनले लेखेकी छिन्, ‘ १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो।’

अर्की अभिनेत्री सुरक्षा पन्थले गायिकालाई कानुले सुरक्षित राखेको स्टेटमेन्ट सामाजिक सञ्जालमा राख्दै यो जत्तिको भावुक स्टेटमेन्ट नसुनेको अभिव्यक्ति दिएकी छिन् । उनले उक्त पोष्टमार्फत गायिकालाई सर्पोट गरेको देखिन्छ ।
पोष्टमा सबै कुरा नखुलाएपनि उनले पल प्रकरणलाई कानुनकै हातमा दिनुपर्ने अभिव्यक्ति दिन खोजेको बुझिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया