कांग्रेसले सराङपाडाका एक अशक्तको घर बनाइदिने
झापा । नेपाली कांग्रेसले कमल गाउँँपालिका–१ सराङपाडा बस्ने एक अशक्तको परिवारलाई घर बनाइदिने भएको छ । लामो समयदेखि त्यहाँ बस्दै आए पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका बोल्न नसक्ने दीनानाथ न्यौपानेलाई कांग्रेसको अगुवाइमा घर निर्माण गरिदिने भएको हो ।
निर्माण हुने घरको आज एक कार्यक्रमबीच कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शिलान्यास गर्नुभयो । कमल–१ का वडाध्यक्षसमेत रहेका कांग्रेस कमलका उपसभापति केदार कटुवालका अनुसार अतिविपन्न आर्थिक अवस्था भएका न्यौपानेको घर निर्माण कार्य सुरु गरिएको छ । दुई कोठे पक्की आवासगृह बनाउन रु पाँच लाख लाग्ने अनुमान गरिएको छ । ओत लाग्न समस्या झेल्दै आएका न्यौपाने परिवारको दैनिक जीवनयापन सहज बनाउन घर निर्माण सुरु गरिएको उनले बताए ।
घर निर्माण गर्न कांग्रेस महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीले रु एक लाख ११ हजार १११ सहयोग दिएका छन् । कांग्रेस कार्यकर्ता, शुभेच्छुकको सहयोग जुटाएर घर निर्माण सम्पन्न गरिने बताइएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया