एमसिसी पास भएपछिको पहिलो बैठकमा पनि एमालेको अवरोध
काठमाडौं । संसदबाट एमसिसी अनुमोदन भएपछिको पहिलो बैठकमा पनि एमालेले अवरोध गरेको छ ।
यस अघि जस्तै एमालेले आज पनि संसद् बैठक अवरोध गरेको छ । एमालेले सभामुखलाई हटाउनुपर्ने, नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएका छ ।
सभामुखले राजीनामा नदिएसम्म विरोध र अवरोधमा लाग्ने एमाले अध्यक्ष केपी ओलीले मंगलबार पत्रकार सम्मेलनका क्रममा बताएका थिए ।
एमालेको अवरोधबीचको कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अर्को बैठक २२ फागुनका लागि तोकिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया