एमसिसी पास भएपछिको पहिलो बैठकमा पनि एमालेको अवरोध
काठमाडौं । संसदबाट एमसिसी अनुमोदन भएपछिको पहिलो बैठकमा पनि एमालेले अवरोध गरेको छ ।
यस अघि जस्तै एमालेले आज पनि संसद् बैठक अवरोध गरेको छ । एमालेले सभामुखलाई हटाउनुपर्ने, नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएका छ ।
सभामुखले राजीनामा नदिएसम्म विरोध र अवरोधमा लाग्ने एमाले अध्यक्ष केपी ओलीले मंगलबार पत्रकार सम्मेलनका क्रममा बताएका थिए ।
एमालेको अवरोधबीचको कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अर्को बैठक २२ फागुनका लागि तोकिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया