संसद् भवनअगाडि प्रेसर कुकर राखेको आरोपमा पक्राउ परेका युवा को हुन् ?
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मुल गेटअगाडि प्रेसर कुकर राखेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ । संसद् भवनको मुख्य गेटैअघि राखिएको उक्त प्रसर कुकर शंकास्पद रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेका हो ।
महानगरीय अपराध महाशाखाको टोलीले २१ वर्षीय सुवास महतलाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका– २ सिमथली निवासी हुन् । साथै उनी विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियू क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।
संसद्ले एमसिसी पास गरेको विरोधमा गत सोमबार (भोलिपल्ट) विभिन्न आठ वाम संगठनले नेपाल बन्दको आह्वान गरेका थिए । सोही दिन बिहान ‘नो एमसिसी’ लेखिएको विद्युतीय तारजडान गरिएको प्रेसर कुकर राखिएको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । सो क्रममा कुकरभित्र इँटा र कागजका टुक्रा फेला परेको प्रहरीले जनाएको छ ।
सिसिटिभी फुटेजका आधारमा मोटरसाइकलमा आएका युवाले उक्त प्रेसर कुकर राखेर भागेको प्रहरीको दाबी छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया