एमसिसी अनुमोदन भएपछि गृहमन्त्रीले भेटे अमेरिकी राजदूतलाई
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी राजदूत र्यान्डी बेरीसँग भेट गरेका छन् । एमसिसी पास भएको केही दिनमा नै गृहमन्त्री र राजदूतबीच भेट भएको हो ।
भेटका क्रममा दलहरूले सहमति कायम गरेर एमसिसी संसदबाट अनुमोदन गरेको भन्दै राजदूतले खुशी व्यक्त गरेका थिए । उनले नेपालको विकासमा अमेरिका प्रतिवद्ध रहेको बताएका थिए ।
गृहमन्त्री खाणले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रसरतामा एमसिसी अनुमोदन भएको भन्दै अब कार्यान्वयमा लाग्नुपर्ने बताएका छन् ।
गृहमन्त्रीका चासोमा राजदूतले एमसिसीको व्याख्यात्मक घोषणा यस अघि एमसिसीले पठाएको जवाफमा नै समेटिएका विषय उल्लेख भएको बताएको बुझिएको छ ।
एमसिसी पास गर्नु अघि पनि अमेरिकी राजदूतले राजनीतिका दलका शीर्ष नेतासँग भेट गरेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया