NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमसिसी अनुमोदन भएपछि गृहमन्त्रीले भेटे अमेरिकी राजदूतलाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी राजदूत र्यान्डी बेरीसँग भेट गरेका छन् । एमसिसी पास भएको केही दिनमा नै गृहमन्त्री र राजदूतबीच भेट भएको हो ।

भेटका क्रममा दलहरूले सहमति कायम गरेर एमसिसी संसदबाट अनुमोदन गरेको भन्दै राजदूतले खुशी व्यक्त गरेका थिए । उनले नेपालको विकासमा अमेरिका प्रतिवद्ध रहेको बताएका थिए ।

गृहमन्त्री खाणले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रसरतामा एमसिसी अनुमोदन भएको भन्दै अब कार्यान्वयमा लाग्नुपर्ने बताएका छन् ।
गृहमन्त्रीका चासोमा राजदूतले एमसिसीको व्याख्यात्मक घोषणा यस अघि एमसिसीले पठाएको जवाफमा नै समेटिएका विषय उल्लेख भएको बताएको बुझिएको छ ।

एमसिसी पास गर्नु अघि पनि अमेरिकी राजदूतले राजनीतिका दलका शीर्ष नेतासँग भेट गरेका थिए ।