पललाई भेट्न दमौली पुगिन् पूजा
काठमाडौं । नायिका पूजा शर्मा प्रहरी हिरासतमा रहेका नायक पल शाहलाई भेट्न तनहुँको दमौली पुगेकी छिन् ।
पूजा आज पललाई भेट्न दमौली पुगेकी हुन् । केही घण्टाअघि उनी उनी दमौलीस्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा युट्युबरको भिड देखिएकी थिइन् ।
पूजाले निर्माण र अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशव्यापी प्रदर्शनमा छ । यो चलचित्रमा पल मुख्य भूमिकामा छन् ।
नायक पल एक किशोरी गायिकामाथि जबरजस्ती करणीको आरोपमा अहिले सात दिनको हिरासतमा छन् । यसैहप्ता पलविरुद्ध किटानी जाहेरी परेदेखि नै उनको समर्थनमा खुलेर पूजा बोल्दै आएकी छिन् ।
अहिले पनि पलको पक्षमा बयानबाजी गर्न आफू दमौली पुगेको उनी आफैँले बताएकी छिन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया