पललाई भेट्न दमौली पुगिन् पूजा

काठमाडौं । नायिका पूजा शर्मा प्रहरी हिरासतमा रहेका नायक पल शाहलाई भेट्न तनहुँको दमौली पुगेकी छिन् ।
पूजा आज पललाई भेट्न दमौली पुगेकी हुन् । केही घण्टाअघि उनी उनी दमौलीस्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा युट्युबरको भिड देखिएकी थिइन् ।
पूजाले निर्माण र अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशव्यापी प्रदर्शनमा छ । यो चलचित्रमा पल मुख्य भूमिकामा छन् ।
नायक पल एक किशोरी गायिकामाथि जबरजस्ती करणीको आरोपमा अहिले सात दिनको हिरासतमा छन् । यसैहप्ता पलविरुद्ध किटानी जाहेरी परेदेखि नै उनको समर्थनमा खुलेर पूजा बोल्दै आएकी छिन् ।
अहिले पनि पलको पक्षमा बयानबाजी गर्न आफू दमौली पुगेको उनी आफैँले बताएकी छिन् ।
प्रतिक्रिया