आज ग्याल्पो ल्होछार, देशभर सार्वजनिक बिदा
काठमाडौं । शेर्पा समुदायको नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होछार आज मनाइँदैछ ।
पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । यो समुदायले काठमाडौं उपत्यकालगायत क्षेत्रमा समेत विविध कार्यक्रम गर्दैछन् ।
शेर्पा जातिको अलग्गै पात्रो छ । भोट भाषामा प्रकाशित हुने उक्त पात्रोलाई दाथोक भनिन्छ । यो पात्रोअनुसार, फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।
शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बाँदर वर्ष पूरा भएर आजदेखि चरा वर्ष सुरु भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया