NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेपाललगायत अधिकांश मुलुकद्वारा रुसी आक्रमणको विरोध, उत्तर कोरिया र सिरिया पक्षमा

काठमाडौं । नेपालसहित संयुक्त राष्ट्र संघका अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । संयुक्त राष्ट्र संघको एउटा मतदानमा सहभागी राष्ट्र रुसी आक्रमणको विरोधमा उत्रिएका हुन् ।

दुई दिनसम्म संयुक्त राष्ट्रमा दुई दिनसम्म एउटा विरल सत्र चलेको थियो । जसको बहसपछि रुसी आक्रमणबारे गरिएको मतदानमा अधिकांशले विपक्षमा मतदान गरेका हुन् । यी मुलुकहरूले अतिक्रमणको निन्दा गर्दै युक्रेनबाट तत्काल आफ्ना फौज फिर्ता लैजान रुसलाई आग्रह गरेका छन् ।

पाँच मुलुक भने रुसको पक्षमा खडा भएका छन् । जसमा उत्तर कोरिया, सिरियालगायत छन् । चीन, भारतलगायत ३५ देश भने प्रक्रियामा नै सहभागी भएनन् ।

ताजा अपडेट

नेपालवाच विशेष