स्वास्थ्य मन्त्रालयद्वारा वैद्य निरीक्षक बर्खास्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैटौं तहका एक वैद्य निरीक्षकलाई बर्खास्त गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धादिङका वैद्य निरीक्षक शोभा दुवाडीलाई मन्त्रालयले सेवाबाट हटाएको हो ।
पदीय आचरणविरुद्ध कार्य गरेको भन्दै दुवाडीविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले यसबारे अनुसन्धान गरेको थियो । छानबिनको निष्कर्षमा आयोगले भविष्यमा स्वास्थ्य सेवाका निम्ति अयोग्य ठहरिने गरी बर्खास्त गर्न भनेको थियो । त्यहीअनुरूप उनलाई सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया