NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य ५०० रूपैयाँले गिरावट

काठमाडाैं । बिहीबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार नाै सय रूपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा आज ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार पाँच सय रूपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीकाे मूल्य भने तोलामा पाँच रूपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला एक हजार ३७५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष