एमसिसीबारे नेतालाई बुझाउँदै पोखरेल
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले एमसिसी परियोजनाका विषयमा पार्टी पंक्तिलाई जानकारी गराउने भएका छन् ।
गत संसदबाट पारित भएको अमेरिकी आर्थिक सहयोग परियोजनाका बारेमा पोखरेलले ललितपुरको पार्टी पंक्तिलाई जानकारी गराउने भएका हुन् । यसका लागि आगामी २२ फागुन आइतबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
कार्यक्रममा क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिका पदाधिकारीहरूलाई अनिवार्य उपस्थितिको लागि आमन्त्रण गरिएको छ ।
जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रम आगामी आइतबार वेरी ब्याङ्क्वेट सातदोबाटोमा राखिएको छ ।
कांग्रेस केन्द्रले यस अघि नै एमसिसीबारे पार्टीको तल्लो तहसम्म नै जानकारी गराउने निर्णय गरेको थियो ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया