NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नारायणकाजीलाई फकाउने प्रचण्डको प्रयास असफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दलाह प्रचण्डले असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठसँग दोस्रो पटक भेट गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र श्रेष्ठबीच करिव आधा घण्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

छलफलमा अध्यक्ष प्रचण्डले पार्टी एकता कायम राख्ने गरी छलफल केन्द्रीय रहेक पनि कुनै निष्कर्ष ननिस्किएको श्रेष्ठ निकट एक नेताले बताएका छन् । आजको भेटमा अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना फरक मत राख्न सक्ने तर अन्य विषयमा पार्टी एकतालाई कायमै राखौं र मिलेर जाउँ भन्ने प्रस्ताव गरेका थिए ।

आफ्ना असन्तुष्टि शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा राख्न उनलाई सुझाव दिँदै पार्टीबाट अलग हुने निष्कर्ष नपुग्न आग्रह गरिएको श्रेष्ठ निकट एक नेताको भनाइ छ । उनका अनुसार प्रचण्ड र श्रेष्ठबीच कुनै सहमति भएको छैन । पछिल्लो समय प्रचण्डको कार्यशैली प्रति असन्तुष्ट रहेका श्रेष्ठले पार्टीबाट अलग रहनेसम्मको गतिविधि गर्न थालेपछि मंगलबार श्रेष्ठलाई फकाउन प्रचण्ड उनकै निवास हात्तिवन पुगेका थिए ।

छलफलमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतामा फरक मत राखेपनि अन्य विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । श्रेष्ठले आफु निकट नेताहरूसँग आफ्नै निवासमा आगामी रणनीतिबारे निरन्तर छलफल गर्न थाले पछि उनलाई मनाउन बुधबार प्रचण्डले वर्षमान पुनलाई श्रेष्ठ निवास हात्तिवन पठाएका थिए । पुनकै आग्रह अनुसार आज प्रचण्ड र श्रेष्ठबीच छलफल भएको बुझिएको छ ।

श्रेष्ठ आफु निकट नेताहरूसँग छलफल गर्दै

प्रचण्ड र श्रेष्ठबीच सम्बन्ध चिसिएपछि पार्टीबाट अलग हुने वा पार्टीभित्रै अन्तरविरोध चर्काउने भन्नेबारे श्रेष्ठले आफु निकट नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलमा सहभागी एक नेताले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डबारे सामान्य छलफल भएपनि अन्य विषयमा कुराकानी नभएको दावी गरेका छन् ।

‘संसदबाट एमसिसी अनुमोदन भएपछिको अवस्थाबारे साथीहरू बसेर सामन्य छलफल भएको हो’, उनले भने, ‘अहिल्यै नै पार्टीबाट अलग हुने त्यस्तो कु्न सोच बनाएका छैनौं । त्यो विषयमा छलफल पनि भएको छैन । पार्टीको निर्णय विपरित एक लौटी ढंगले एमसिसीको पक्षमा उभिनु गलत थियो भन्ने हामीहरूको समान बुझाइ हो ।’

छलफलमा सहभागी नेताहरूले आफु निकट बाहेक राष्ट्रियताको पक्षमा उभिएका सबैसँग परामर्श गरी ठोस निष्कर्ष पुग्ने श्रेष्ठको तयारी छ । एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन्

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा चिसिएको छ ।