नीर्जीवन बीमा कम्पनीले माघसम्ममा उठाए करिब २२ अर्ब बीमा शुल्क, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट २१ अर्ब ८१ करोड ४ लाख बीमा शुल्क संकलन गरेका छन् ।
सो अवधिमा कम्पनीहरूले १६ लाख ९५ हजार ७८८ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् । गत आवको सोही अवधिमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँको व्यवसाय गरेका थिए । सो अवधिमा कम्पनीहरुले १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी गरेका थिए ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २२.१२ प्रतिशतले बढी हो ।
माघमा मात्रै २ अर्ब ७२ करोडको व्यवसाय
चालु आवको माघमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ७२ करोड ६६ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख २० हजार २७२ बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।
कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि
कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएकोघ छ । चालु आवको माघसम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तो छ अन्य कम्पनीहरूको विवरण :

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया