NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान गर्दै अन्तरराष्ट्रिय फौजदारी अदालत

एजेन्सी । अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको अभियोजक करीम खानले जानकारी दिए ।

‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आइसिसी अध्यक्षलाई सूचित गरेको छु । प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,’ खानले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आइसिसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ ।

अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।’

गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ ।

यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।